धनकुटा । धनकुटा अस्पताल विकास समितिकी पूर्व अध्यक्ष तथा धनकुटाका वरिष्ठ समाजसेवी वयस्ट नेपालका सस्थापक अध्यक्ष दुर्गा पोखरेलको बुधबार राती निधन भएको छ । काठमाडौंको अस्पतालमा उपचारको क्रममा पोखरेलको निधन भएको हो । पोखरेलको बिहिबार विहान पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
धनकुटाको विकास र समाजिक रुपान्तरणका लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी धनकुटा नगरपालिका वडा नं. ३ कचिडे निवासी समाज सेवी तथा अधिकारकर्मी नेपाली कांग्रेस धनकुटाकी अग्रज पोखरेलको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक बिज्ञप्ती जारी गरेका छन् ।
पोखरेल प्रति सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्नाका साथ परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनको निधनले धनकुटालाईनै अपुरणीय क्षती पुगेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुर्गा पोखरेल नेपाली कांग्रेस धनकुटाका पूर्व सल्लाकार नेपाल विद्यार्थी संघका सस्थापक धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्वर्गीय उपेन्द्र पोखरेलको श्रीमती हुन् । पोखरेलले साथै नेपाल विद्यार्थी संघ धनकुटाका तत्कालिन नेता तनुजा पोखरेलकी आमा हुन् ।
धनकुटाका समाजसेवी पोखरेलको छोरीहरु मनुजा,अनुजा,तनुजा र दिवा पोखरेल छन् ।