नेपाल नामिविया क्रिकेट : नेपाल ३ विकेटले विजयी (लाइभ अपडेट)
प्रकाशित २०७३ वैशाख ६ सोमबार
1.4k
Shares
नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । २ सय ४० रनको कठिन चुनौती पछ्याएको नेपालले नामिवियालाई १ बल खेल्न बाँकी छँदा ७ विकेट गुमाएर ३ विकेटले पराजित गर्दै रोमान्चक जित हासिल गरेको हो । नेपाललाई अन्तिम २ बलमा १ रन आवश्यक रहेकामा शरद भेषावकरले चौका प्रहार गरेर जित सुनिश्चित गरेका हुन् ।
नेपाललाई जितका लागि ३ बलमा २ रन आवश्यक । 16:54:11
सोमपाल १ रन बनाएर आउट भए । नेपाललाई ५ बलमा ५ रन आवश्यक । 16:52:22
सोमपाल १ रन बनाएर आउट भए । नेपाललाई ५ बलमा ५ रन आवश्यक । 16:52:22
सोमपाल आउट । नेपाल कठिन मोडमा । 16:49:29
सागर पुन आउट । नेपालको ६ विकेट पतन । 16:45:43
नेपाललाई जितका लागि १८ बलमा ९ रन आवश्यक । 16:41:01
विनोद भण्डारी आउट । नेपालको ५ विकेट पतन । 16:37:51
नेपाल आक्रामक । जितको समीकरण बन्यो । 16:28:32
राजेश पुलामी आउट । नेपालको ४ विकेट पतन । 16:20:47
पारस खड्का सतक पुरा गरेर आउट भए । 16:16:01
पारसले सेन्चुरी पूरा गरे । छक्का प्रहार । ८९ बलमा उले सेन्चुरी पुरा गरे । ७ छक्का । 16:12:55
पारसको छक्का चौकाले तातीयो कीर्तिपुर । खेल सनसनीपूर्ण । 15:15:07
पारसले ३३ बलमा ४० रन बनाए । 15:10:02
फेरि अर्को छक्का । नेपालको सय रन पूरा । पारसकाे ३ छक्का । 15:07:25
छक्का प्रहार । 15:06:13
२२ ओभरमा ८७ रन । २ विकेटको क्षति । 15:04:15
पारसलाई आज टिक्नै पर्ने दबाब छ । फिल्डिङमा पारसले तीन वटा क्याच फुत्काएका थिए । पारस र शरदको भरोसा छ । त्यस्तै, विनोदबाट समेत नेपाली क्रिकेट समर्थकले निकै अपेक्षा गरेका छन् । 15:00:04
१९ ओभमा ७८ रन । २ विकेट पतन । 14:54:25
पारस र शरदको जोडि जम्दै । पारस २० बलमा २३ रन । शरद २९ बलमा १६ रन । 14:52:36
१८ ओभरमा २ विकेट गुमाएर नेपालले ७० रन जोड्यो । 14:49:11
नेपालको पहिलो छक्का । पारसले छक्का प्रहार गरे । फेरि चौका । 14:32:17
नेपालको दुई विकेट पतन । ज्ञानेन्द्र मल्ल आउट । 14:30:24
१२ अाेभरमा ३५ रन । 14:26:51
१० ओभरमा १ विकेट गुमाएर नेपालले ३१ रन बनायो । 14:20:22
९ ओभरमा १ विकेट गुमाएर २७ रन । 14:15:47
शरद भेषावकर क्रिजमा आएका छन् । यसअघिको खेलमा शरदले टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । उनले अर्ध पार गरेका थिए । 14:13:59
जेजे स्मितले नरेशलाई आउट गरे । नरेशले १९ बलमा ६ रन बनाए । 14:11:20
नेपाललाई पहिलो झट्का । नरेश बुढाऐर आउट । 14:09:08
नेपाल व्याटिङमा : ७ ओभरमा विना विकेटको क्षतिमा २३ रन । 14:06:53
नेपालको पहिलो चौका । ज्ञानेन्द्रले चौका प्रहार गरे । 14:01:37
४ ओभरको समाप्तीमा विना विकेटको क्षतिमा १२ रन । व्याटिङमा नेपाल 13:56:06
बाँया हाते बलर जेजे स्मितले कडा बलिङ गर्दै । 13:53:25
ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर व्याटिङमा । नेपाल संयमित । ३ ओभरमा ९ रन । 13:52:05