arrow

नेकपाद्धारा वडाध्यक्ष र प्रधानाध्यापक कुटिए, कडा कार्वाही गर्न तिमल्सिनाको माग

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
baldev-timalsina.jpg

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ का वडाध्यक्ष सनतकुमार अधिकारीसहित रत्नराज्य माविका प्रधानाध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमिल्सिनामाथि नेकपाबाट निर्वाचित सोही वडाका वडा सदस्य यन्दबहादुर मगरको नेतृत्वको आधा दर्जनको संख्यामा आएको समूहले आक्रमण गरेको छ । 

उक्त मगरको नेतृत्वमा आएको अराजक जत्थाद्धारा गरिएको अमानवीय र पाशविक आक्रमणप्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्सना गरेका छन् । अधिकारी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सोही विद्यालयका व्वस्थापन समितिका अध्यक्षसमेत हुन् । 

तिलल्सिनाले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घटनामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गर्न र दोषीमाथि कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ