काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा अहिले नेपाल र ओमान भिडिरहेका छन् । त्रिकोणात्मक सिरिज अन्तर्गतको कीर्तिपुरमा भइरहेको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।
ओमानले ८ ओभर खेल्दा २ विकेट गुमाएर २२ रन मात्र बनाएको छ ।
नेपालका लागि दुवै विकेट करण केसीले लिएका छन् ।
तेस्रो राष्ट्र अमेरिका हो । नेपालले पहिलो पटक घरेलु मैदानमा एक दिवसीय खेल खेलिरहेको हो ।
कीर्तिपुर मैदानमा पनि पहिलो पटक एक दिवसीय भएको छ ।