arrow

सांसद, मेयर र प्रजिअले फुकाए पुल विवादको गाठो

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
bridge1.jpg

वीरगन्ज ।  बिरगंज महानगरपालिका संसदीय क्षेत्र न १ मा पर्ने बेल्वा मुसैलीको पुल निर्माणको दुई बर्षपछि संचालनमा आउने भएको छ । २०७२ साल कार्तिक महिनामा निर्माणकार्य सुरु भएपनि स्थानीयको विभिन्न अवरोधका कारण २०७४ सालमा पुलको निर्माण कार्यसम्मपन्न भएको थियो ।

तरा पुललाई जोडने दुवै तर्फको सडक वेलवा र मुसैलवासीको निजि जग्गाबाट जाने भएको कारण स्थानीयको विरोधले गर्दा पुल संचालनमा आउन सकेको थिएन । सोमबार दिउसो पर्सा संसदीय क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव,वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,शस्त्र प्रहरीका प्रहरी उपरिक्षक दिपेन्द्र कुवर,राष्ट्रिय अनुशन्धानका उपनिर्देशक कुमार खडका,प्रहरी नायव उपरिक्ष गौतम थापा र सडक डिभिजन कार्याल हेटौडाका डिभिजन इन्जियर इन्जिनियर सुमन योगेस लगायतका पदाधिकारीहरुले पुल निर्माण स्थलमै पुगेर छलफल गरेपछि विवादको गाठो खुलेको छ ।

सांसद प्रदिप यादवले पुल निर्माणको समयमा भएको लापर्वाहिको कारण पुलको दुबै मोहडाहरु निजि जग्गासंग जोडन भएको कारण सडक निजि जग्गामा परेको बताउदै पुलसंचालनमा आएपछि दुबै गाउवासीलाई प्रत्यक्ष फायदा हुने बताउदै सडकमा पर्ने जग्गाधनी बाटो निर्माणमा सहयोग गर्न बिशेष अनुरोध गरेपछि सडन निर्माण गर्ने सहमती भएको थियो ।

वीरगन्जका नगर प्रमुख बिजय कुमार सरावगीले भेडहा खोलाको वाढी नियन्त्रणको बारेमा विशेष पहल भइरहेको र पुल संचालनले सबैलाई फायदा हुने भएकोले दुबै गाउलेहरुलाई मिलेर सडक निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

पप्पु समा ज्वाइन्ट भेन्चर निर्माण कम्पनिले लगभग ६ करोड ५०लाखको लागतमा  २०७४साल पुष महिनामा निर्माण गरेको उक्त पुलको जोडने दुवै तर्फको बाटोलाई लिएर स्थानीयहरुले पर्सा जिल्ला अदालत र पुनर्वादेश अदातलसम्ममा मुदा गरेको विवाद समाधान भएपछि स्थानीयहरु हर्सित भएका छन् ।

निर्माण भएको पुलमै पुगेर स्थानीयसंग छलफल गरपछि दुबै गाउवासीले जनप्रतिनिधि तथा सुरक्ष अधिकारी एवम सडक बिभागका पदाधिकारीहरुलाई बिशेष धन्यवाद दिएका थिए । पुल संचालनमा आएपछि महानगरपालिकाको दुर्गम वडाको रुपमा रहेको  बेल्वा  र मुसैलीका जनताहरुको जनजिवनलाई सुगता आउने स्थानीयहरुको दावि समेत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ