बैठकले काठमाडौँको मदननगरस्थित आफ्नै जमीनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गरेको छ । देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरिएको पारित प्रस्तावमा जनाइएको छ । उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यले न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग र शुभेच्छुकलाई दिल खोलेर सहयोग गर्न आह्वान गरिएको छ ।