‘जंगली’ को मणीपालमा निधन, वेलायतीको एक महिनापछि शव ल्याएर गरियो अन्त्येष्टि
प्रकाशित २०७६ माघ १९ आइतबार
727
Shares
काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्य खड्कबहादुर क्षेत्री ‘जंगली’ को ७४ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जा आधिखोला गाउँपालिका वडा नं. ५, विरेठाटी निवासी ‘जंगली’ को शनिबार उपचारको क्रममा पोखराको मणीपाल अस्पतालमा निधन भएको हो ।
‘जंगली’ एक समाजसेवी व्यक्तित्व थिए । उनका दुई छोरा र एक छोरी छन् । छोरी लक्ष्मी पाण्डे नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको कोषाध्यक्ष हुन् ।
साथै, स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं. ३ निवासी रेशमलाल गुरुङको ७३ वर्षको उमेरमा एक महिना अगाडि बेलायतमा निधन भएको थियो । गुरुङको आइतबार मात्रै पोखराको रामघाटमा आफ्नै सस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
स्वर्गीय रेशमलाल गुरुङ वेलायती सेनामा भर्ती भई निवृत्त भई नेपाली कांग्रेसमा क्रियाशील रहेका थिए । गुरुङका श्रीमती एक, छोरा दुई र छोरी चार छन् ।
‘जंगली’ र गुरुङको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ उनीहरुका शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।