arrow

जनता रैतीबनेपछि अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा : कमल थापा

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
kamal-thapa3.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘शहिदका सपना साकार पार्ने’ भनेर सरकारी दस्तावेजहरुमा ठुल्ठुला अक्षरले लेखिएतापनि कार्यान्वयन त्यसको ठिक विपरित हुने परिपाटीले शहिदहरुको उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

देश र जनताको निमित्त साहदत प्राप्त गरेका विर शहिदहरुको सम्मान र परिवारको संरक्षणमा राज्यपक्षले यथोचित ध्यान नदिएकोप्रति आपत्ती प्रकट गर्दै अध्यक्ष थापाले परिवारजन गुमाउनुको पिडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै शहिदका परिवारजनप्रति सहानुभुति तथा समवेदना प्रकट गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शहिदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गरे । जनताले अब पार्टीको रैती होइन, स्वाभीमानी राष्ट्रवादी नेपाली भएर सोच्दै आफ्नो विवेकको प्रयोग गर्ने अवस्था निर्माण भएमा मात्र शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनले स्पष्ट पारे । जनताले पार्टीको रैतीको भूमिका मात्र निर्वाह गरेका कारण हत्यारा, बलत्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने उनको धारणा थियो ।

द्वन्द्वकालका जनधनको क्षतीको यथार्थ बुझ्न गठित सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पिडितले न्याय पाउनेमा शंका व्यक्त गरे ।

कार्यक्रममा राप्रपाका महामन्त्री भास्कर भद्राले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध भई कार्य गर्दागर्दै सहदत प्रप्त गर्नुहुने राप्रपा समर्थित करिब १०० जना शहिदहरुको नामावली प्रस्तुत गरेका थिए ।

शहिदको परिवारको प्रतिनिधित्व गर्दै पर्सा विरगञ्जका तत्कालीन नगर प्रमुख स्व. गोपाल गिरीका सुपुत्र  पत्रकार गिरीस गिरी र सिन्धुपाल्चोकका शहिद स्व. शारदा प्रसाद ढुंगेलकी श्रीमती सुन्तली ढुंगेलले आ–आफ्नो धारणा राख्दै देश र जनताको लागि काम गने क्रममा आफ्ना परिवारका सदस्यहरुले अनाहकमा ज्यान गुमाउनुपरेको पिडा व्यक्त गरे ।

उनीहरुले हत्यामा संलग्नहरुलाई कानुनी कठघरामा उभ्याउनुको सट्टा चाहीँ राज्य सञ्चालनका उच्च ओहदामा पुर्‍याइनु शहिदहरुको अपमान भएको बताएका थिए  ।  

सो कार्यक्रममा पार्टी अध्यक्ष थापाले द्वन्द्वकालमा पार्टीको विभिन्न ओहदामा रहेर देश र जनताको काम गर्दागर्दै साहदात प्राप्त गरेका शहिदका परिवारलाई खादा लगाएर सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ