कोराना भइरस संक्रमितको उपचारको व्यवस्था मिलाउन कांग्रेसको माग
प्रकाशित २०७६ माघ १२ आइतबार
646
Shares
काठमाडौं । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन जति देशमा फैलिसकेको छ । नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । यसबाट नेपालीको सुरक्षाका लागि नेपाल सरकारलाई गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न नेपाली कांग्रेस संसदीय दल माग गरेको छ ।
उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी लगायत व्यवसायमा रहेका नेपाली नागरिक समेत उच्च जोखिममा रहेकोले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्दारका लागि आवश्यक व्यवस्था गर्नका लागि नेपाल सरकार एवं सबन्धित पक्षसँग नेपाली कांग्रेस संसदीय दलले आग्रह गरेको हो ।
महामारीको रुपमा फैलन सक्ने उक्त कोराना भइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।