arrow

बलदेवको प्रदेशसभाबाट शोक पारित, बैठक स्थगित

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
baldev.png

प्रदेश नं ५ को  प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आइतबार स्थगन भएको छ । प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै अनूभवि राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपुरणीय क्षति भएको उल्लेख गरे ।  

प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ गते  ८२ वर्षको उमेरमा निधन भएको थियो ।

समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित विपक्षी दलका नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको जनाउँदै उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

विसं २०१४ मा  नेपाली काङ्ग्रेसमा आवद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गरेका र भूमिगत राजनीतिक जीवनसमेतको अनूभव हासिल गरेका पोखरेल विसं २०३३  मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशिल भएको बताइएको छ ।

नेता पोखरेल प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य थिए । उनप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ