arrow

कांग्रेसका पूर्व सांसद कार्की रहेनन् 

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
nepali-congress-flag.jpg.jpeg

पाल्पा । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । 

मिर्गौला रोगबाट पीडित उनको आइतबार बिहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । 

उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका उनी विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ