काठमाडौं । भारतीय एक दिवसीय क्रिकेट टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईद्धारा न्यूजिल्याण्ड विरुद्धको तीन एक दिवसीय खेलका लागि १६ सदस्यीय टिमको घोषणा भएको हो ।
शिखर धवनको स्थानमा पृथ्वी शाँलाई ल्याइएको छ । जबकि टी–२० का लागि सन्जू स्याम्सनलाई ल्याइने छ । अष्ट्रेलिया विरुद्धको खेलका क्रममा धवनलाई चोट लागेको थियो ।
भारतले न्यूजिल्याण्ड भ्रमणका क्रममा तीन एक दिवसीय ५ फेब्रुअरीबाट सुरु गर्नेछ । पहिलो पटक शाँलाई अवसर मिलेको हो ।
एक दिवसीय टिमः कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, पृथ्वी शाँ, लोकेश राहुल, श्रेयस ऐयर, मनिष पान्डे, ऋषभ पन्त, शिवम दुबे, कुलदीप यादव, युजभेन्द्र चहल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद शमी, नवदीप सैनी, शार्दुल ठाकुर र केदार जाधव ।