ऐन संशोधनपछि मात्र आयोग गठन प्रकृया अगाडि बढाउन माग
प्रकाशित २०७६ माघ ६ सोमबार
778
Shares
काठमाडौं । वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन एवं सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधनपछि मात्र आयोग गठन प्रकृया अगाडी बढाउनुपर्ने द्धन्द्ध पीडित राष्ट्रिय संजालले माग गरेको छ ।
संजालका तर्फबाट अध्यक्ष गोपाल बहादर शाह र महासचिव सुरेन्द्र खत्रीले विज्ञप्ति जारी गरि द्धन्द्धकालका महत्वपुर्ण सरोकारवाला पक्ष द्धन्द्ध पीडितहरुलाई न्यायीक प्रकृयामा सहभागी गराई अर्थपुर्ण परामर्शबाट प्रकृया अगाडी बढाउनुपर्ने माग गरेका हुन् ।
शान्ति प्रक्रियाको महत्वपुर्ण अंगको रुपमा रहेको संक्रमणकलीन न्याय प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउन आजको विशिष्ट र संवेदनशिल परिस्थितिमा संक्रमण कालिन न्यायका महत्वपुर्ण सिद्धान्तहरु, सम्मानित सर्वोच्च अदालतको फैसला र मानवीय कानूनले निर्दिष्ट गरेका विधी प्रकृया र पद्धति भित्रै रहेर सत्य, न्याय, परिपुरण र संस्थागत सुधारका माध्यमबाट निकास निकाल्नु पदर्छ भन्ने द्धन्द पीडित राष्ट्रिय सञ्जालको धारणा रहेको छ ।
विज्ञप्तिमा भनिएको छ,' सरकारले सातै वटा प्रदेशमा परार्मश कार्य अगाडी बढाइसकेको र केन्द्रमा पनि परार्मश गर्न लागेको हुँदा सरोकारवाला द्धन्द्ध पीडित, नागरिक समाज र मानवअधिकारवादीहरुको व्यापक सहभागितामा अर्थपुर्ण तवरबाट परामर्श गर्न हार्दिक आव्हन गर्दै, सिफारीस समितिले हाललाई आयोग गठन गर्ने प्रकृया यथास्थानमा राखी ऐन संशोधन पछि मात्रै आयोग गठन प्रकृया अगाडी बढाउन राजनितीक दल, सरकार र सिफारिस समितिलाई द्धन्द्ध पीडित राष्ट्रिय संजाल हार्दिक अपिल गर्दछ ।'