अष्ट्रेलिया विरुद्ध भारतको शानदार जित, सिरिज कब्जा
प्रकाशित २०७६ माघ ५ आइतबार
899
Shares
काठमाडौं । अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट भारतले जितेको छ । भारतको बैंगलुरुमा आइतबार राति सम्पन्न खेल ७ विकेटले आफ्नो पक्षमा पार्दै घरेलु टिमले सिरिज २–१ ले जितेको छ ।
पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । दोस्रो खेल भारतले जितेको थियो ।
यो सिरिज जित्दै भारतले अष्ट्रेलिया विरुद्ध ६ सिरिज जितको रेकर्ड बनाएको छ । गत वर्ष भारतको मैदानमा अष्ट्रेलियाले सिरिज ३–२ ले जितेको थियो ।
खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेटको नोक्सानीमा २८६ रन बनायो । स्टेफेन स्मिथले १३१ रन बनाए । मार्नुस लाबुस्चाग्नेले ५४ रन बनाए ।
मोहम्मद शमीले ४ विकेट लिए । रविन्द्र जडेजाले २ विकेट लिए । जवाफमा भारतले ३ विकेटको नोक्सानीमा ४७.३ ओभरमा जित निकाल्यो । म्यान अफ द म्यान रोहित शर्माले ११९ रन बनाए । शर्मा म्यान अफ द म्याच भए ।
कप्तान विराट कोहलीले ८९ रन बनाए । कोहली म्यान अफ दि सिरिज भए ।