arrow

सरकारको पहल सुस्त भएपछि काँग्रेस तात्तियो; मधेशी मोर्चासँगको वार्ता सकारात्मक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1320209373.jpeg

काठमाडौं। तीन महिनादेखि तराइ मधेशमा आन्दोलनमा उत्रिएका मधेशी राजनीतिक दलहरुलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न प्रमुख प्रतिपक्षी दल काँग्रेसले पहल गरेको छ। 

 
सत्तारुढ दलहरुका तर्फबाट वार्ताको प्रयास भएपनि त्यसले निकास निकाल्न ढीलाई भइरहेको बेलामा काँग्रेसले पार्टीका तर्फबाट पहल शुरु गरेको हो। तराइ मधेशको समस्याको समाधानको लागि तराई मधेश केन्द्रित राजनीतिक दल र स्वयं काँग्रेसका सभासदहरुको समेत मागलाई ध्यान दिदै काँग्रेसले संविधान जारी गरे लगत्तै संविधान संसोधन प्रस्ताव राखेको थियो। तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको विशेष पहलमा ल्याइएको संसोधन प्रस्तावलाई तत्कालिन सत्तारुढ गठवन्धन दल एमालेले अस्विकार गरेपछि संसोधन प्रस्ताव पारित हुन अप्ठ्यारोमा परेको थियो। 
 
तराइ मधेशको आन्दोलन जारी रहँदा देश दिनदिनै संकटमा पर्दै गएको छ। केपी ओली नेतृत्वको सत्तारुढ गठवन्धन पनि संविधानको केहि विषयलाई संसोधन गरेर तराइ मधेशको समस्या सम्वोधन गर्नुपर्ने पक्षमा आउन थालेको छ। एमाओवादीका अध्यक्ष प्रचण्डले समेत यस कुरालाई अगाडी सार्नुभएको छ। तर काँग्रेसको सहमति विना संविधान संसोधन हुन असम्भव छ। काँग्रेसबिना संविधान संसोधन हुन असम्भव भएको अवस्थामा काँग्रेसले आफै आन्दोलनरत पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानको लागि राजी गराउन पहल शुरु गरेको छ। 
 
काँग्रेस सभासपति शूसिल कोइराला अमेरिका भ्रमणका बेलामा नेपालमा जारी पारवहन असुविधाको बारेमा राष्ट्रसंघका महासचिव बानकीमुनलाई भेटी लविङमा रहेको बेला नेपालमा भने कार्यवाहक सभापति रामचन्द्र पौडेलले मधेशी मोर्चासँग सम्वाद अगाडी बढाउनुभएको हो। मधेशी मोर्चाका नेताहरुसँगको छलफल र वार्तामा काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा, महामन्त्री प्रकाशमानसिंह, काँग्रेस नेता आनन्द ढुङगाना र कोइराला सरकारमा मोर्चासँग वार्ताका लागि बनाएको वार्ता टोलीका सदस्य काँग्रेस नेता महेश आचार्य हुनुहुन्छ। 
 
मोर्चाका तर्फबाट महन्थ ठाकुर उपेन्द्र यादव लगायतका नेताहरु हुनुहुन्छ। सिंहदरवारमा भएको वार्तामा काँग्रेसले मोर्चाका नेताहरुलाई देश आर्थिक संकटमा गएको मानविय आवश्यकताका बस्तुहरु पनि तराइ मधेशमा जारी वन्दका कारण पाउन मुस्किल हुँदै गएको बेलामा आन्दोलनको कार्यक्रमलाई परिवर्तन गर्दै वार्ताको माध्यमबाट निकास निकाल्न आग्रह गरिएको बुझिएको छ। संविधान संसोधन गरेर संवोधन हुने कतिपय जायज मागका सन्दर्भमा सहकार्य गर्न काँग्रेस तयार रहेको मधेशी नेताहरुलाई काँग्रे्सका नेताहरुले आश्वस्त पारेका छन्। 
 
वार्ता सकारात्मक ढंगले अगाडी बढेको बैठकमा सहभागि एक नेताले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ