गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष सत्यमोहन जोशी
प्रकाशित २०७६ माघ ३ शुक्रबार
461
Shares
ललितपुर। शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन्। उनले भने, “त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो। हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।”
राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे। उनले अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो जोशीले गरे।
कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्छ भनीन्। ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे। यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो।