सगरमाथा टेलिभिजनका प्रकाश गिरीलाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार
प्रकाशित २०७६ पुष २९ मंगलबार
645
Shares
काठमाडौं । सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ।
समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्वर्गीय गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रुपैया रहेको छ। पत्रकारिता क्षेत्रमा निरन्तर दुई दशक विताएका गिरी सगरमाथा टेलिभिजनमा विगत १० वर्ष देखि कार्यरत छन्। राजनीति समाज र समसामयिक विषयमा कलम चलाउने गिरीले नागरिक अधिकारका पक्षमा आवाज उठाउने गरेका छन्।
यस्तै यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार” भने नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईटेललाई प्रदान गरिने भएको छ। सम्पादक समाजको सर्वाधिक रासी २५,००१ रुपैयाको पुरस्कार लुइटेललाई प्रदान गर्ने निर्णय भएको हो। ‘सम्पादक समाज सम्मान”बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिने भएको भने सम्पादक समान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गर्न लागिएको छ।
समाजका कार्यसमिति सदस्य परशु घिमिरे संयोजक एवं कार्यसमिति सदस्य हरि लम्साल र माधव दुलाल सदस्य रहेको पुरस्कार सिफारिस उपसमितिले प्रस्ताव गरेका नामहरुलाई समाजको यही २७ गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो। समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा वसेको वैठकले स्वर्गीय गोविन्द वियोगीको १४ औंं पुण्यतिथिका अवसरमा आगामी माघ ४ गते शनिवारका प्रदान गरिने जनाएको छ।