काठमाडौं । भारत र श्रीलंकाबीचको पहिलो टी–२० क्रिकेट भारतको गुवाहाटीमा आइतबार हुँदैछ । खेल बेलुकी ७ः१५ देखि सुरु हुनेछ ।
तीन खेलको सिरिजको पहिलो खेलमा जित निकाल्दै भारतले अग्रता बनाउन चाहन्छ । विगत भारतको राम्रो छ । अहिलेसम्म १६ टी–२० भएकामा भारतले ११ तथा श्रीलंकाले ५ खेल जितेको छ ।
भारतका लागि जसप्रित बुमराह ४ महिनापछि खेल्दैछन् भने शिखर धवन दुई महिनापछि टिममा फर्केका छन् ।
यो सिरिजमा रोहित शर्मा छैनन् । रोहित नहुँदा कप्तान विराट कोहलीलाई रेकर्ड बनाउन सजिलो भएको छ ।
रोहित र कोहलीले टी–२० मा समान २६३३ रन बनाएका छन् । रोहितले आराम पाएर कोहली खेल्दा एक रन बनाउना साथ कोहलीको रेकर्ड हुनेछ ।
भारतले अहिलेसम्म श्रीलंकासंग ६ सिरिज खेलेको छ । जसमा भारतले ५ सिरिज जितेको छ भने एक बराबरी भएको थियो ।
वर्षा हुने सम्भावना देखिएको छ । जसले गर्दा खेल पूरा हुनेमा आशंका छ ।