काठमाडौं । इंगलिश एफ ए कप फुटबलमा शनिबार राति २० खेल भएका छन् । जसमा ६७ गोल भएका छन् ।
म्यान्चेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाइटेडले बराबरीमा चित्त बुझायो । लेस्टर सिटी र बर्नमाउथले पनि जित निकाल्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
म्यान्चेस्टर सिटीले पोर्ट भेललाई ४–१ गोल अन्तरले हराएको हो । सिटीले गत सिजन चारैवटा घरेलु ट्रफी जितेको थियो ।
अलेक्सान्डर जिन्चोन्को, सर्जियो अग्युरो, टेलर हारवुड र फोडिनले १–१ गोल गरे । टोम पोपीले भेलका लागि सान्त्वना गोल फर्काए ।