arrow

फेरि जादू देखाए सन्दीप लामिछानेले 

logo
प्रकाशित २०७६ पुष १९ शनिबार
sandeep-lami.jpg

काठमाडौं । लेग स्पिन बलर सन्दीप लामिछाने फेरि एकपटक जादू देखाएका छन् । यसअघिका चार खेलमा ३ विकेट मात्र लिएका सन्दीपले शनिबार भएको खेलमा ३ विकेट लिएपछि एकाएक छाएका छन् । 

प्रसंग हो अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल टी–२० क्रिकेटको । बीबीएलमा मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले मेलबर्न रेनेगेड्स विरुद्ध उत्कृष्ट खेल देखाएका हुन् । 

उक्त खेलमा स्तार्स ८ विकेटले विजयी भयो । घरेलु मैदानमा खेलेको स्टार्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

शन मार्शले ३३ बलमा सर्वाधिक ४३ रन बनाए । बेउ वेबस्टरले २९ तथा कप्तान आरोन फिन्चले २५ रन बनाए । सन्दीपले सर्वाधिक ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिएका हुन् ।

यस्तै म्यान अफ द म्याच एडम जाम्पा र डेल स्टेनले २–२ विकेट लिए । जवाफमा मेलबर्नले १८.५ ओभरमा २ विकेटको नोक्सानीमा जित हासिल गर्यो ।

स्टार्सको जितमा मार्कुस स्टोइनिसले ५५ बलमा नटआउट ६८, कप्तान ग्लेन म्याक्सवेलले ३२ बलमा नटआउट ४० रन बनाए ।

अंक तालिका 

जितसँगै ६ खेलमा ५ जित १ हारसहित १० अंक जोडेको सन्दीपको स्टार्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको सिड्नी सिक्सर्सको ८ अंक छ । ८ टिम सहभागी लिगमा एडलेड स्टाइकर्स र सिड्नी थन्र्डरको ७–७ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ