महान् सम्झना र अद्भूत मित्रता लिएर भारत फर्के राजदूत मञ्जिव सिंह पुरी
प्रकाशित २०७६ पुष १८ शुक्रबार
294
Shares
काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी आफ्नो तीन वर्षै कार्यकाल पूरा गरी बिहीबार स्वदेश फर्केका छन् ।
राजदूत पुरीलाई स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
राजदूत पुरीले तीन बर्षे नेपाल बसाइका क्रममा सहयोग र सहकार्य गरी आफ्नो कार्यकाल सफल बनाउन मद्दत पुर्याएको भन्दै अध्यक्ष अरविन्द महतो लगायत कार्यसमितिलार्इ धन्यवाद दिएका थिए ।
बिदाई कार्यक्रममा स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका उपाध्यक्ष राजकुमार श्रेष्ठ, कोषाध्यक्ष विकास मल्ल, सचिव प्रकाश भण्डारी, सदस्य पासाङ, छिरिङ शेर्पा, विनोद प्रधान, श्यामबहादुर तण्डुकार, रोजिना जंगम, राजेन्द्र श्रेष्ठ, भिम ढुंगाना, कमल सिटौला, नीरज बस्नेत, धवा शेर्पा, जीवनबहादुर चन्द, कवि क्षेत्री लगायतले बिदाई गरेका थिए ।
राजदूत पुरीले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै झण्डै तीन वर्षे नेपाल बसाईबाट काठमाडौं छाडेको उल्लेख गर्दै महान् सम्झना र अद्भूत मित्रता लिएर गएको बताएका छन् ।
उनले नेपाल सधै सम्झनामा रहने भन्दै धन्यवादसमेत दिएका छन् । राजदूत पुरी विवादरहित बन्दै फर्किएका हुन् ।