arrow

भूकम्पले तर्सायो 

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
earthquake2.jpg

पोखरा । कास्कीमा बिहीबार राति भूकम्पले हल्लाएको छ । राति ९ः५९ बजे अधिकांश मानिस शान्तिपूर्वक बिस्तारामा सुतिरहेका बेलामा कास्कीको गहचोकमा केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्पको मापन ३.८ रेक्टर स्केलको रहे पनि शान्त समय भएकाले त्यसले धेरैलाई झस्काएको थियो । 

कम्तीमा ५ रेक्टर स्केलको गएको हुन सक्ने भन्दै स्थानीय घरबाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले राति उक्त क्षेत्रमा कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको छ । 

यो भूकम्पलाई पनि २०७२ सालको महाभूकम्पको पराकम्प भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ