बक्सिङ डेमा प्रिमियर लिगका नौ खेलमा २३ गोल, यस्तो छ नतिजा
प्रकाशित २०७६ पुष ११ शुक्रबार
628
Shares
काठमाडौं । बिहीबार रातिको बक्सिङ डेमा इंगलिश प्रिमियर लिग फुटबलमा ९ खेल भएका छन् । जसमा २३ गोल मात्रै भएको छ ।
लिभरपुल र म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सीले हारेको छ । जोजे मौरिन्होको टोटनह्यामले जित निकालेको छ ।
लिभरपुलले लेस्टर सिटीलाई उसकै मैदानमा ४–० गोल अन्तरले हरायो । रोबर्टो फर्मिन्होले २ तथा जेम्स मिल्नर र ट्रेन्ट अर्नाल्डोले १–१ गोल गरे ।
म्यान्चेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई आफ्नै मैदानमा ४–१ गोल अन्तरले हरायो । एन्थोनी मार्सियलले २ तथा मासन ग्रिनउड र मार्कस रास्फोर्डले १–१ गोल गरे ।
अंक तालिका
१८ खेलबाट लिभरपुलको ५२, १९ खेलबाट लेस्टरको ३९, म्यान्चेस्टर सिटीको ३८, चेल्सीको ३२, टोटनह्यामको २९, शेफिल्डको २९, म्यान्चेस्टर युनाइटेडको २८, वुल्भसको २७, आर्सनलको २४ अंक रहेको छ ।