arrow

इंगलिश प्रियिमर लिगमा यो साता भएको उतारचढाव 

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
chelsea31.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा यसपटक धेरै नै उतारचढाव भयो । म्यान्चेस्टर युनाइटेडले हार्यो । चेल्सीले जित्यो । म्यान्चेस्टर सिटीले जित्यो । आर्सनल बराबरीमा रोकियो । जोजे मौरिन्होले सम्हालेको टोटनह्याम हट्सपर हार्यो । 

आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली टोटनह्यामलाई २–० गोल अन्तरले हराएको हो । १० खेलाडीमा सीमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा गोल गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

चेल्सीका लागि यो ठूलो सफलता भए पनि त्यो जितको खुशी भयो छायाँमा पर्यो । चेल्सीका एन्टोनियो रोडजरमाथि गरिएको रंगभेदी व्यवहारको कारण जित छायाँमा परेको हो । सनले रातो कार्ड पाएको घटनामा रोडजर जोडिएका थिए ।

रेफ्रीले भिएआरमार्फत सनलाई रातो कार्ड देखाएका थिए । खेल भावना विपरित आचरण गरेको आरोपमा रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए ।

म्यान्चेस्टर युनाइटेड आइतबार रातिको खेलमा पराजित भयो । युनाइटेडलई वाट्फोर्डले घरेलु मैदानमा हराइदियो । वाटफोर्डले खेल २–० गोल अन्तरले जितेको हो । 

त्यसअघिका खेलको नतिजा यस्तो छ –
एभर्टन ०–० आर्सनल
बर्नमाउथ ०–१ बर्नली
एस्टन भिल्ला १–३ साउथह्याम्पटन
ब्राइटन ०–१ शेफिल्ड युनाइटेड
न्युकासल युनाइटेड १–० क्रिस्टल प्यालेस
नर्विच सिटी १–२ वेल्भ्स
म्यान्चेस्टर सिटी ३–१ लेस्टर सिटी
वेष्टह्याम ?–? लिभरपुल (विश्वकप क्लव च्याम्पियनसिप जितेको लिभरपुलले यो खेल खेल्न पाएन । खेल पछिलाई सारिएको छ )

अंक तालिका –
१८ औं चरणको एक खेलमात्र खेल्न बाँकी छँदा लिभरपुल ४९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको लेस्टरके ३९, म्यान्चेस्टर सिटी ३८ अंकबाट तेस्रो, चेल्सी ३२ अंकबाट चौथो स्थानमा छ । 

शेफिल्ड २८, वुल्भ्स २७, टोटनह्याम २६, म्यान्चेस्टर युनाइटेड २५ र न्युकासल २५ अंकसहित पाचौेंदेखि नवौं स्थानसम्म । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ