राधाकृष्ण पुस्तकालयको ५४ औँ स्थापना दिवस, परिसरमा रोपियो रुद्राक्षसहितका विरुवा
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ६ आइतबार
755
Shares
जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक श्री राधाकृष्ण सार्वजनिक पुस्तकालय ५४ औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान र वृक्षारोपन कार्यक्रम आयोजन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको श्री राधाकृष्ण सर्वजनिक पुस्तकालय को ५४ औँ स्थापना दिवस को अवसरमा स्वच्छता अभियन्ता तथा प्रदेश नम्बर दुई का प्रदेश सांसद रामअशिष यादव का प्रमुख आतिथ्य र श्री राधाकृष्ण सर्वजनिक पुस्तकालयका अध्यक्ष विधायकर प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्यावरण संरक्षण र रक्तदान जीवनदानको सन्देश दिदै वृक्षारोपन र रक्तदान कार्यक्रम गरि मनाइएको छ ।
पुस्तकालय परिषरमा भएको वृक्षारोपन कार्यक्रममा रुद्राक्ष, करोटन ,रिकापाम, सयपत्री,बबनवेलिया,धुपि, सहित विभिन्न प्रजातिका विरुवाहरु लगाइएको छ । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उप सभापति संतोष यादव समाजसेवी ई प्रकाशचन्द्र साह, पर्यावरण संरक्षण अभियान्ता सुरेश शर्मा , प्रशिक्षक सचिन सिंह , स्थानीय लगायतका व्यक्तिहरुको उपस्थित थियो।
२०२२ सालमा स्थापित पुस्तकालय भवन का निर्माण भारतीय दूतावासको सहयोगमा भएको थियो । वर्तमानमा स्थानीय वासीहरुको सक्रियता र कोशिस फाउन्डेसनका अध्यक्ष डा. रामज्ञान यादव को सहयोगमा कम्प्युटरले रिडिङ रुम संचालित गरिएका छन ।