पाँच लाख घुस लिने मालपोतका अधिकृतविरुद्ध अदालतमा मुद्दा
प्रकाशित २०७६ मंसिर ३० सोमबार
839
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) रामबाबु मण्डलविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा ‘सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने’ निर्णयसहितको कागजात उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग रु पाँच लाख घुस लिएको अवस्थामा आयोगको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो ।
अधिकृत मण्डललाई घुस रकम बराबर बिगो माग दाबी गर्दै आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।