काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित इनिङ जारी रहेको छ । १७ औं चरणको समाप्तिसम्म लिभरपुल अपराजित छ । १६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै लिभरपुल अपराजित रहेको हो ।
शनिबार रातिको १७ औं खेलमा लिभरपुलले वाटफोर्डलाई २–० गोल अन्तरले हरायो । दुवै गोल मोहम्मद सलाहले गरे ।