arrow

बढ्यो पश्चिमी वायुको प्रभाव, एकाएक चिसियो मौसम 

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
weather.jpg

काठमाडौं । एकाएक देशको मौसम चिसिएको छ । भूमध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्रभावित बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको तर बुधबार रातिबाट पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव नेपालमा पर्ने विभागले जनाएको छ । यसबाट उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिमपातसहित धेरै ठाउँमा हल्का वर्षा हुने भएको छ।

भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकस्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट नेपाल भित्रिने गर्छ। विभागले बुधबार अपराह्नदेखि भित्रिने पश्चिमी वायुको प्रभाव शनिबारसम्म कायम रहने जनाएको छ।

यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान 

बिहीबार–
दिउँसो –देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती– देश भर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिम उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ ।

 शुक्रबार–
दिउँसो– देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।

राती– देश भर सामान्यदेखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिम उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने संभाबना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ