अस्पतालको आइसीयुबाटै करणी आरोपी ‘सिद्धबाबा’ भन्ने कृष्णबहादुर प्रहरीको नियन्त्रणमा
प्रकाशित २०७६ मंसिर १६ सोमबार
579
Shares
विराटनगर । करणीको आरोप लागेका कृष्णबहादुर गिरी भन्ने सिद्धबाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले सोमबार बिहानै उनलाई नियन्त्रणमा लिएको हो ।
बिरामी भएको बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयुमा रहेको भन्ने जानकारी प्रहरीले पाएपछि बिहान ४ बजे नै नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धबाबालाई एम्बुलेन्समै राखेर जिल्ला प्रहरी कार्यालय सुनसरी पुर्याइएको थियो । महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप उनीमााथि लागेको छ ।
उनले गत कार्तिक ४ गते काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको उनलाई आरोप लागेको हो ।
पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो ।