काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पश्चिम यात्रामा जाँदैछन् । आइतबार गएर पूर्वराजा अर्को आइतबार मात्रै काठमाडौं फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
पूर्वराजा आइतबार दिउँसो ३ः४० को फ्लाइटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाँदैछन् । पूर्वराजा शाह आइतबार भैरहवाकै टाइगर रिसोर्ट प्यालेसमा रहने छन् ।
पूर्वराजाले सोमबारदेखि मन्दिर दर्शन, स्थानीय नेताहरुलाई भेट लगायतका कार्यक्रममा सहभागी हुनेछन् । पूर्वराजासंग पूर्वराजपरिवारका कोही पनि सहभागी हुने छैनन् ।
यस्तो छ दर्शनको कार्यक्रम
–सोमबार १६ गते बुटबलको शिव मन्दिर दर्शनको कार्यक्रम दिउँसो ३ बजे ।
–मंगलबार १७ गते मर्चवारस्थित भगवती मन्दिर दर्शन कार्यक्रम अपरान्ह ४ बजे ।
–बुधबार कुनै कार्यक्रम छैन ।
–बिहीबार १९ गते पाल्पाको भगवती मन्दिरमा जाने कार्यक्रम ।
–शुक्रबार २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम ।
–शनिबार २१ गते नवलपरासी जाने कार्यक्रम ११ बजे ।