रुखमा मत दिएको भन्दै नेकपाका नेता टंक रेग्मीले कुटे मल्ललाई
प्रकाशित २०७६ मंसिर १५ आइतबार
718
Shares
तुलसीपुर। नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरेको भन्दै पश्चिम दाङमा एकजना कांग्रेस समर्थकलाई नेकपाका स्थानिय नेताले कुटेका छन्।
बबई गाउँपालिका वडा नं ६ पञ्चकुले निवासी नेकपाका स्थानीय नेता टंक रेग्मीले नेपाली काँग्रेसका स्थानीय धुर्व मल्ललाई कुटपिट गरेका हुन् ।
रेग्मीले प्रहारबाट मल्लको अनुहारमा चोट लागेको छ। उनको मुखबाट रगत समेत आएको छ। मत नदएको भन्दै हातपात भएपछि रेग्मीलाई कार्वाहीको स्थानियहरुले माग गरेका छन्।
रेग्मीले आफूलाई किन रुखमा भोट हालिस भन्दै अनाहकमा कुटपिट गरेको मल्लले बताए। उनले आफुले न्याय पाउनु पर्ने तथा दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छन्।
चुनावमा नेकपाको स्थिति राम्रो नहुने संकते पाएपछि आफूमाथि कुटपिट भएको समेत उनले बताए।