पूर्व एमालेले जितेको घोराही १६ मा कांग्रेसका डाँगी विजयी, लालकिल्ला तोडियो
प्रकाशित २०७६ मंसिर १५ आइतबार
577
Shares
दाङ। पूर्व एमालेले जितेको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगीले नेकपाका उमेद्वार शुरेसबहादुर केसीलाई पराजित गर्दै लाल किल्ला तोडेका छन्।
डाँगीले १२२२ मत प्राप्त गरि विजयी हुँदा केसीले १११७ मत ल्याए। स्वतन्त्र उमेद्वार जगलाल थारुले ७२० मत ल्याएर तेस्रो भए।
कुल ४ हजार ४ सय ५३ मत रहेकोमा ३ हजार २ सय २६ जनाले मतदान गरेका थिए।
गत स्थानिय निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित लछिनप्रसाद बुढाको निधन पछि उपनिर्वाचन भएको हो।
दाङ प्रदेश नम्वर ५का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला हो। पूर्व सभामुख कृष्ण बहादुर महरा निर्वाचित भएको जिल्ला पनि दाङ नै हो।