arrow

डोटीमा नेकपाले जोगायो शाख, ३० मतले पछि परे कांग्रेस उम्मेदवार

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
Adharsa_Gaunpalika1.png

डोटी । आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले कूल ६८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका छन् ।      
     
त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गरेको जनाइएको छ । कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ