arrow

विवादित सरकारी जमिनमा प्रहरीको घेरा हालेर गहुँ छरियो, प्रहरीद्वारा स्थानीयमाथि निर्घात कुटपिट

सत्ताको दुरुपयोग गरेको कांग्रेसको आरोप

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
surakchaya.jpg

कपिलवस्तु  ।  सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्ति प्रयोग गरे विवादित जग्गा कब्जा गर्ने प्रयास गरिएको छ । नेकपाका नेताहरुको चर्को दवावमा शुद्धोधन गाउपालिका वडानं ६ वराहमा कित्ता नम्बर ६ सय २० मा रहेको विवादित सरकारी जग्गामा प्रहरी प्रशासनको आडमा जबरजस्ती जोताई गरी गहुँ छरिएको छ ।

 एक बिघा ३ कठ्ठा ६ धुर जग्गाको जोतभोगका बिषयमा  रामचन्द्र कुर्मी र समुन्द्री चाईका बिचमा लामो सयमदेखि विवाद रहदै आएको थियो ।  तर विवादको किनारा नलाग्दै नेकपाका नेताहरुको दवावपछि बुधवार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८० बढी सुरक्षाकर्मीको सुरक्षा घेरामा त्यहा ट्याक्टरले जोताई गहुँ छरिएको छ ।  

विवादित जग्गामा कसैले खेतीपाती गर्न पाईदैन भनेर बिरोधमा उत्रेका सय जनाभ्दा बढी स्थानीयलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । प्रहरीले लाठी जुत्ता मुक्का हानेको पीडीत महिलाहरु बताउछन् । घटनामा २० बढी महिलाहरुलाई चोट लागेको छ । स्थानीय अमिना खातुनलाई छाती, हातमा बढी चोट लागेको र उनको कपिलस्तु अस्पतमालमा उपचार भईरहेको छ ।  नेकपा समर्थक रहेको समुन्दै चाईको खेतमा जसरी पनि जोताई हुनु पर्ने भन्दै नेकपा नेताहरु काशिराम यादव, सलीम मुसलमान, मुजीम खा लगायत आधा दर्जन नेताहरु घटना स्थलमै बिहानै पुगका थिए ।  

नेकपा नेताहरुको दवावमा प्रहरी प्रशासनले ठाडो हस्तक्षेप गरी विवादित जमिनमा जबरजस्ती जाताई गरिएको घाईते अमिनाले बताईन् । ‘ प्रहरीले हामीलाई दमन गरेको छ, विवादीत जमिनमा जोताई गरिएको हो ’ उनले भनिन् । रामचन्द्र कुर्मीले सो जग्गा आफ्नो बाबु बाजेकापाला देखि उपभोग गदैृ आएको बताए । २०२७ साल मै सो जग्गाका बिषयमा निबेदन दिएको उनले बताए ।

जग्गाको जोतभोगका बिषयमा बिवाद भएपछि गाउँलेहरको सल्लाह अनुसार त्यहा २ सय बढी बिरुवाहरु रोपिएको थियो । तर समुन्द्रीका मान्छेहरुले रातारात बिरुवा उखेलेपछि अदालतमा त्यस बिरुद्धमा मुद्दा दिएको उनले बताए । सो मुद्दा अझै अदालतमा बिचराधीन रहेको उनले बताए ।

उता सो जग्गा रामचन्द्र कुर्मी कै भएको गाँउपालिको न्यायिक समितिले समेत निर्णय गरि सकेको छ । अदालतमा मुद्दा बिचाराधीन रहेको र गाँउपालिकाको समेत सो जग्गा बारे निर्णय दिई सकेको अवस्थामा प्रहरीले दमन गरेर जोताई गर्नु खेदजनक कुरा रहेको कुर्मीले बताए । उता घटनालाई अन्तेै मोडन आधा दर्जन बढी गाँउलेहरुमाथि समसुद्धिन फकिरको घरमा नगद र गरगहना गरि करिव ६ लाख वरावरको लुटपाट समेत  गरको आरोप लगाइएको कुर्मीले बताए । ‘ विबादीत जमिनमा प्रहरीको आमडा रोपाई गरिएको छ, अनि लुटपाटको जुठा आरोप पनि लगाईका छ ’ उनले भने ।

उता समुन्द्राले बताए अनुसार  शुद्धोद्धन गाउपालिका वडा नं ६ वराहका  जमिनदार गंगा प्रसाद कूर्मीको घरमा तारामती केवट र वशंराज केवट बर्षौ देखि मजदुरी मेहनत गर्दै बसेका थिए ।  काम गरेबापत गंगा प्रसाद कुर्मीले निज मजदुर दम्पतीलाई ८ नम्बरी २३ कठ्ठा ६ धुर जग्गा साथै २ कठठा घडेरी कागजात गरेर दिएका थिए । सोही क्रममा निज  मजदुर दम्पत्ति बृद्ध भएपछि आफ्नो कोही बंश नभएको हुदा समुन्द्री चाईको ७ बर्षिय छोरा उमेश चाई लाई धर्मपुत्र बनाएका थिए। सोही धर्मपुत्रलाई जमिन्दारले दिएको जमिन हस्तान्तरण गरेका थिए ।

यता मजदुरी गर्ने  बृद्ध केवट दम्पती र छोरा उमेशले जमिन्दारको मृत्य पश्चात  काजक्रिया समेत गरेका थिए । स्वर्गिय जमिन्दार गंगा कुर्मीले आफुहरुलाई दिएको जमिनवारे वताउदै  धर्मपुत्र उमेश चाईकी आमा समुन्द्री चाईले बताईन । जग्गाका बिषयमा मिलाउन पटक पटक प्रहरी प्रशासनमा छलफ,ल गरिएको थियो । तर कुार भने मिलेको थिएन । गाउपालिका प्रमुख निसार अहमद खाले विवादित बनेको सो जग्गाका बिषयमा छलफल गरी अगाडी बढनुपर्ने बताए ।  

साथै नेपाली कांग्रेस कपिलवस्तुले घटनाको भर्त्सनागरेको छ । नेकपाले सक्ताको दवावमा  जनतामाथी कुटपिट तथा शक्तिको दुरुपयोग गरेको जिल्ला सचिव महेद्र कुमार पाठकले बताए । कांग्रेसले स्थलगत निरिक्षण गरी अदालतमा मुद्धा फैसला नभएको जग्गामा सक्ता पक्षको आडमा कब्जा गरिनु गैर कानुनी कार्य भएको बताएका छन्  घटना विरुद्ध पार्टीले आवश्यक कुरा बुझेर दोषी माथि  तत्काल कारवाहीको माग गरिने बताएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ