'सरकारको गलत रवैया र अधिनायबादी सोचलाई परास्त गर्न मतदान'
प्रकाशित २०७६ मंसिर ११ बुधबार
487
Shares
बागलुङ। नेपाल तरुण दल बागलुङको आयोजनामा बुर्तिबाङमा तरुण भेला सम्पन्न भएको छ ।
भेलामा बाग्लुङ २ प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा पार्टीको केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारको गलत रवैया र अधिनायबादी सोचलाइ परास्त गर्न तथा सरकारलाई सहि बाटोमा हिँडाउन पनि यो निर्वाचनमा जनताले कांग्रेसका पक्षमा मतदान गर्ने विश्वास लिए ।
कहिँ कतै भ्रामक प्रचारबादी गरेर डर, त्रास र विभिन्न प्रलोभनमा पार्न सक्ने कुरामा सचेत रहँदै त्यस्ता गलत क्रियाकलापको सशक्त प्रतिवाद गर्न तरुणहरुलाई अझ प्रभावकारी ढंगले परिचालित हुन पौडेलले सुझाए।
पौडेलले यो निर्वाचनले सरकारलाई सच्चिन र जनताका पक्षमा काम गर्न सवक सिकाउने उल्लेख गर्दै कांग्रेसका पक्षमा जनमत रहेको बताए ।
भेलामा तरुण दल केन्द्रिय अध्यक्ष जितजग बस्नेतले लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।
बुधवार विहानैदेखी पौडेलले चुनावी प्रचारका कार्यक्रमलाई अगुवाई गर्दै बुर्तिवाङ बजार क्षेत्रमा घरदैलोमा पुगेर जनताका चाहाना मत र भावनालाई बुझी नेपाली कांग्रेसको उम्मेदवारका पक्षमा मत हाल्न आग्रह गरेका थिए ।