arrow

लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताएर सन्देश दिन प्रकाशमान सिंहको आग्रह

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
prakashman-singh.jpg.jpeg

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पुर्णत असफल भएको आरोप लगाएका छन् । भक्तपुरको ताथलिमा मंगलबार आयोजना गरिएको चुनावी सभामा बोल्दै उनले विकास बजेटसम्म खर्च गर्न नसक्ने प्रदेशको राजधानी तोक्न र नामकरण गर्न समेत नसक्ने नेकपाको सरकारबाट थप आश गर्न नसकिने बताएका छन् । 

नेता सिंहले दुईतिहाईको आडमा लोकतन्त्र कमजोर बनाउँदै कम्युनिष्ट अतिवाद लाद्न खोजेकाले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसलाई जिताएर सन्देश दिन आग्रह गरे । 

सरकार बनेको यतिका समय बितिसक्दासम्म जनअपेक्षा अनुसार झिंगासमेत मार्न नसक्नेले अब पनि काम गर्छु भनेर मत माग्नु लज्जास्पद भएको नेता सिंहले बताए । 

राजनीतिक स्थिरता र लोकतान्त्रिक मूल्य मान्यताको सम्बर्द्धन गर्न कांग्रेस बाहेकले उनको दावी छ । भ्रष्टाचार र बेतिथिको अन्त्य गर्नुको सट्टामा संरक्षणमा सरकार लाग्नु दुःखको कुरा भएको समेत बताउँदै उनले सरकारलाई सचिन समेत मंसिर १४ को उपनिर्वाचनमा कांग्रेसलाई मत दिन सन्देश दिन समेत अपिल गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ