कांग्रेस नेता केसीले उपनिर्वाचनलाई दिए ‘लघु जनमत संग्रह’ को उपमा
यसकारण खेमराज गुरुलाई भोट
प्रकाशित २०७६ मंसिर ९ सोमबार
571
Shares
पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानिय तहको उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन् ।
कांग्रेस पोखरा महानगरपालिका ९ वडा कमिटिले सोमबार साँझ गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्र र एकदलिय शासनमध्ये कुन रोज्ने भन्ने कुराको लघु जनमत संग्रह उपनिर्वाचन भएको बताएका हुन् ।
उनले वर्तमान सरकार संचार क्षेत्र, न्यायालय, प्रहरी प्रशासन तथा मानव अधिकार लगायतलार्ई तर्साएर अधिनायकावादी शैलीबाट अगाडि बढेको भन्दै आउँदै गरेको उपनिर्वाचनमा जनताले विवेकको मत प्रयोग गर्नु पर्ने बताए।
कांग्रेसले जित्दा लोकतन्त्र बलियो हुने तथा हार्दा लोकतान्त्रिक पद्धति नै धरापमा पर्न सक्ने भन्दै नेता केसीले मतदाताको एकएक मतको उपनिर्वाचनमा महत्वपूर्ण अर्थ हुने बताए ।
कार्यक्रममा कास्की २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका खेमराज पौडेलले उपनिर्वाचनमा कांग्रेसलाई जिताउन भन्दा पनि लोकतान्त्रिक ब्यवस्था लाई जोगाउन मतदान गर्न मतदातालाइ आग्रह गरे ।
उनले आउँदै गरेको निर्वाचनमा कांग्रेसप्रति जनताको सद्भाव देखिएको भन्दै पार्टीका शीर्ष नेताहरु समेत एकजुट भएर उपनिर्वाचनमा होमिएको बताए ।
पौडेललाई पोखरामा त्यागी नेताका रुपमा लिइएको छ । लामो समय शिक्षण पेशामा सक्रिय रहेका उनलार्इ पोखरेलीहरुले खेमराज गुरुका नामले समेत चिन्ने गरेका छन ।