सरकारको राष्ट्रवाद कालापानीमा सर्मपण : शेरबहादुर देउवा
नारायण रिजाल,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
721
Shares
बागलुङ। नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली सरकारको राष्ट्रवाद कालापानीमा सर्मपण भएको आरोप लगाएका छन। नेपाली कांग्रेसले बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापती देउवाले अहिलेको सरकारको राष्ट्रियताप्रति कुनै पनि चासो नरहेको आरोप लगाए। उनले भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको नक्सामा नेपालको भाग मिसाएको बारेमा सरकार अहिलेसम्म बोल्न नसकेको उल्लेख गर्दै उनिहरुको राष्ट्रबाद कालापानीमा गएर टुंगिएको बताए।
देश दुई तिहाईले लुटी सके सभापती देउवाले भने, 'राष्ट्रिय अन्तराष्ट्रियस्तरमा नै केपी ओलीको राष्ट्रवाद देखिई सकिएको छ। जनतालाई साथ भन्दा पनि दुःख दिने काम बढदै गएको छ। उनको राष्ट्रबाद कालापानीमा गएर लम्पसार परिसक्यो।’ देउवाले देशको विकास र हरेक मुद्धाको निकास दिनका लागि अब कांग्रेसलाई जनताको साथ चाहिने बताए। देउवाले भने, 'हरेक स्थानमा भ्रष्टाचार बढदै गएको छ। सरकारले हाम्रा पालमा गरेका कामलाई देखाउँछ। खोई नयाँ काम ?’
पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले उत्तरगंगा जलाशय बागलुङतर्फ नै निर्माण गर्नका कांग्रेस लडेर लाग्ने बताए। साथै पश्चिम बागलुङका छुट्टै जिल्लाको मागलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताए। उनले मध्यपहाडी लोकमार्ग र सालझण्डी सडक खण्डका निम्ती काँग्रेसको तर्फबाट यसको विकासमा लाग्ने बताए। उनले पश्चिम बागलुङको निम्ती काँग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई आफ्नो अमुल्य मत दिएर जिताउनका लागि आग्रह गरेका थिए।
कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको बताए। सरकार राम्रा भन्दा पनि नराम्रा काम गदै गएको छ नेता पौडेलले भने ‘यस्तै चालले अबको तीन वर्षमा देश पूर्ण खतरामा जाने संकेत देखिएको छ।’ उनले गाउँ गाउँमा सरकारको विरोध भै रहेको हुँदा अबको दिनमा केपी ओलीले कुटनितिक क्षमता प्रर्दशन गर्न नसक्ने बताए।
त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले आफ्ना उम्मेदवारलाई जिताए मात्र आफ्नो गाउँ समाजमा समृद्धि आउने बताए। चुनावी सभामा काँग्रेस नेताहरु गगन कुमार थापा, प्रदिप पौडेल लगायतले बोलेका थिए।