arrow

नेकपाको गढ भनिएको वडामा लोकतान्त्रिक प्यानलको जीत, अध्यक्षमा लक्ष्मण बटाला बिजयी

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
lamki-winner.jpg

बौनिया। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर-१ थपालीपुरमा रहेको चेतना सामुदायिक बनको अध्यक्षमा लक्ष्मण बटाला विजयी भएका छन् । लोकतान्त्रिक प्यानलका बटाला ४०३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बामपन्थी प्यानलका सुरेन्द्र एडीले ३८८ मतले ल्याएका छन् ।

सामुदायिक बनको उपाध्यक्ष पदमा राजन आचार्य निर्बिरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा रामबहादुर चलाउने ३८२ मत प्राप्त गरि विजयी भएका छन् भने, प्रतिस्पर्धी चित्रबहादुर थापाले २४२ मत ल्याएका छन् ।

त्यस्तै, सचिबमा कुमारी सार्कीले ३८१ मत ल्याएर बिजयी भएकी छन् । उनकी प्रतिस्पर्धी लक्ष्मी शाहीले ३१४ मत प्राप्त गरेकी छन् । सहसचिवमा तुलसी खनालले ३८७ मत प्राप्त गर्दा हिमा शाहीले २६३ मत ल्याएकी छन् ।

त्यस्तै, सदस्यहरुमा झिमु बमले (३८३), सरिता चौधरीले  (३७७), पबित्रा थापाले (३५२), तुलसीराम थारु (३४८), बिमला कामी (३४३),  अरुणा डंगौरा (बिष्ट) ले (३२४),  हुकुमबहादुर गौतम (३१८) र पंख बटालाले ३१६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत मयाराम धमालाले जानकारी दिएका छन् । नेकपा प्यानलबाट छबिलाल बलामीमगर (३१८), उब्जी शाही (३२०), मत प्राप्त गरि बिजयी भएका छन् ।

१५ सदस्य रहेको सामुदायिक बनको नेतृत्वमा १३ जना लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका छन् । २ जना नेकपा प्यानलबाट निर्वाचित भएका हुन् ।

इन्द्रप्रसाद ढकालको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति समेत गत्न गरिएको छ । जसको सदस्यमा छबिलाल ओली र राजेश्वरी कुमारी सिंह शाही रहेका छन् ।

कुल १ हजार १ सय ७७ मतदाता रहेकोे सामुदायिक बन को निर्वाचनमा ९७८ मत खसेको निर्वाचन प्रमुख धमालाले जानकारी दिएका छन् ।

नेकपाको गढ भनिएको उक्त वडामा कांग्रेस प्यालनका उम्मेदवारले जित हासिल गरेका हुन् । नेकपाका जिल्ला अध्यक्ष, जिल्ला सचिव, राष्ट्रिय सभा सदस्य समेत रहेको वडामा लोकतान्त्रिक प्यानलको बिजयले नेकपालाई ठुलो झड्का दिएको छ ।

प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति सभापति र उपप्रमुख प्रमुखको बसोबास रहेको वडामा नेकपाले हार ब्यहोरेपछि अहिले ठूलो परिचर्चा समेत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ