arrow

चुनावको मुखमा बाम बुद्धिजीवी पराजुलीसहित दर्जनौंं कांग्रेसमा, गगनद्धारा स्वागत

कास्की २ मा खेमराज गुरुको पक्षमा माहोल बढ्दै, जितलाई जिताउन कांग्रेस नेताहरु बाग्लुङमा 

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
gagan-congress.jpg

काठमाडौं । चुनावको मुखैमा आफ्नो कार्यकर्ता विपक्षीतिर जाँदा कस्तो हुन्छ होला । अहिले ठ्याक्कै त्यस्तै भएको छ कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई । 

कास्की क्षेत्र नम्बर २ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा रहँदा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको क्षेत्रमा नेकपाले रविन्द्र पत्नी विद्यालाई उठाएको छ भने नेपाली काँग्रेसले त्यागी एवं सादगी नेता खेमराज पौडेल गुरुलाई उठाएको छ । 

सादगी नेताको सादगीपन हेर्दा यस्तो पनि नेता हुन्छ र भनी नपत्याउँदा छन् । तर उनले असली काँग्रेसको प्रतिनिधित्व गरेको भन्दै नेकपाका असली मतदाता नै उनलाई भोट हाल्ने कसम खाइरहेका छन् । 

सोही क्रममा कास्कीको बाटुलेचौरमा आयोजित कार्यक्रममा कास्कीका बाम बुद्धिजीवी माधव पराजुलीसहित दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्। 

केन्द्रीस्य सदस्य गगन थापाले उनीहरुलाई काँग्रेसमा स्वागत गरेका छन् । 

नेताहरु बाग्लुङतिर
काँग्रेसले शनिबार पोखरामा भब्य कार्यक्रम गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य गगन थापासहितका थुप्रै नेताले पोखराको माहोल तताए । 

उक्त सभाबाट केन्द्रलाई नै प्रभाव पार्ने गरी काँग्रेसलले सत्तारुढ दल नेकपा र सरकारविरुद्ध हुँकार पनि छाडेको छ। 

देउवाले सीमाका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोपसमेत लगाएका छन् । 

उनले ओलीकै सल्लाहमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएको रहस्योद्घाटनसमेत गरेका छन् । 

पोखराको कार्यक्रम सकेर नेताहरु पोखराबाट बाग्लुङ गएका छन् । बाग्लुङको प्रदेश निर्वाचनमा काँग्रेस उम्मेदवार जित शेरचनलाई जिताउन नेताहरु बाग्लुङ लागेका हुन् । 

थापासहितको टोली शनिबारै बाग्लुङ गएको हो भने सभापति शेरबहादुर देउवा सहितको टोली आइतबार बिहान बाग्लुङ गएको हो । 

प्रदेश चुनावमा काँग्रेसका उम्मेदवार जित शेरचनलाई जिताउन नेतृत्व बाग्लुङ गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ