arrow

चुनावी प्रचारमा हिडेका खेमराजलाई रोक्न डोजरले बाटो भत्कायो

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
kaskai-road-eleciton.jpg

पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलसहित कांग्रेसका नेताहरू घरदैलो अभियानमा जाँदा बाटो अवरुद्ध गरिएको छ ।

पोखरा–१६ बाट अर्मला जानेक्रममा अर्मलाकोटमा बाटो अवरुद्ध गरिएको कांग्रेस नेता ऋषि काफ्लेले जानकारी दिए । उनका अनुसार बाटो खनेर ढुंगा थुपरिएको छ । नजिकै डोजर छ तर चालक छैनन् ।

यो कांग्रेस उम्मेदवारसहित नेताहरू आउने भन्ने चाल पाएर सुनियोजित रुपमै बाटो अवरुद्ध गरिएको युवा नेता गोविन्द लामिछानेले बताए । गाडी गुडाउनै नमिल्ने गरी बाटो अवरुद्ध भएपछि उम्मेदवार पौडेलसहितका नेताहरू हिंडेरै अर्मला पुगेको बताइन्छ ।

गत कात्तिक २१ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको चुनावी प्रचार अभियान दोस्रो चरणको बिहिबार अन्तिम दिन हो । बिहिबार पोखरा–१६ अर्मलाको घरदैलोसंगै गर्ने कार्यक्रम रहेको पार्टी सभापति कृष्ण केसीले बताए ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुदैछ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेल र नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका उम्मेदवार पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन्  भने  नेकपा उम्मेदवार विद्या भट्टराई रविन्द्र पत्नी हुन् ।

विश्लेषक भन्छन् - ‘यसरी भत्कँदैछ कास्कीमा कम्युनिष्ट किल्ला’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ