arrow

'सरकार सेतो हात्ती'

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
sukraraj.jpg

पोखरा । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार रहेको बताएका छन् । पोखरा–७ को घरदैलोका क्रममा नेता शर्माले मुलुकलाई भ्रष्टाचारका दलदलमा फँसाउने, जनतामा भ्रम सृजना मात्र गर्ने सरकारलाई जसरी भए पनि परास्त गर्नुपर्नेमा जोड दिए ।

‘यो सरकार सेतो हात्ती हो । देशको भार हो । घरघरमा ग्यास पाइप र रेलको सपना देखाएर जनतालाई दिग्भ्रमित बनाउने काम बाहेक केही गरेको छैन । अझ अलोकतान्त्रिक काम गर्नमै उद्धत छ’, उनले भने । झुटको खेती गर्ने कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको भन्दै उनले लोकतन्त्र मास्न, संविधान सिध्याउन र संघीयता तुहाउन सरकार नै लागिपरेको आरोप समेत लगाए ।

वडा सभापति नवीन बरालका अनुसार मंगलबार मासबार क्षेत्रको घरदैलो गरेसंगै वडाका सबै मतदातासंग भेटघाट भैसकेको छ । सभापति बरालले अब चुनावी सभामार्फत पार्टीको धारणा र प्रतिवद्धता लिएर मतदातालाई बुझाउने काम हुने बताए ।

यसैबीच कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेलसहितका नेताहरूले पोखरा–१६ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् । बुधबार बिहान ७ बजे पोखराको केआइसिं पुलबाट शुरु भएको अभियान लामाचौर हुँदै बाटुलेचौर, जोगीमणि, अर्मला पुग्दैछ । उम्मेदवार पौडल आज बुभबार र भोलि बिहीबार यसै क्षेत्रमा केन्द्रित हुने कास्की कांग्रेसका क्षेत्रीय सभापति माधव बाँस्तोला मधुले जानकारी दिए । उनका अनुसार मंसिर ७ गते बिहान ८ बजेर पोखरा–१६ मैदानमा चुनावीसभा हुँदैछ । सभालाई पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूले संवोधन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ