'भाडभैलो र तहसनहस मच्चाउने कम्युनिष्टलाई कारबाही स्वरुप कांग्रेसलाई भोट'
धरानमा तिलकलाई जिताउन गगन थापाको आग्रह
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
783
Shares
धरान । नेपाली कांग्रेसको प्रभावशाली नेता गंगन थापाले धरान उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसका भ्रष्टाचार बिरोधी युवा नेता तिलक राईलाई आफ्नो अमूल्य मत दिएर बिजयी गराउन धरानका नागरिकसंग आग्रह गरेका छन ।
सोमवार साँझ भिडियो सन्देश जारी गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य तथा प्रखर वक्ता समेत रहेका थापाले नेकपा सरकारले देशलाई भाडभैलो एवं तहसनहस बनाएकोबिरुद्ध कारवाही स्वरुप कांग्रेसलाई भोट दिन आव्हान समेत गरे।
थापाले करिब २ मिनेटको भिडियो संन्देश मार्फत देशभर नेकपा सरकार अलोकप्रिय रहेको पुष्टि धरानको चुनावबाट थाहा हुन्छ भन्दै धरानमा कांग्रेसप्रतिको जनहलर बढि रहेको थाहा पाएको बताएका छन् ।
आफुलाई सर्बहाराको नेता ठान्ने नेकपाका नेताहरुको शैलीकोबिरुद्ध पनि धराने जनताले कांग्रेसलाई बिजयी गराउनु पर्छ । नेपाली कांग्रेसका नेता थापा नेपाली कांग्रेसले आगामी मसिर १० गते धरानमा आयोजना गर्ने चुनावी सभामा धरान आउने नेपाली कंग्रेस धरानले जानकारी दिएको छ ।