मध्यपुरथिमि । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए।
नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरेको उनले बताए । नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्चार्ज दिलीप प्रजापति, सहइइन्चार्ज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेका थिए।