arrow

पञ्चेबाजा फूलमालासहित मेयरका उम्मेदवारको स्वागत

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
panchebaja.jpg

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेदवार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ । वडाको मङलवारे चोकमा तिलकलाई पञ्चेबाजा सहित फूलमाला लगाएर वडाबासीले स्वागत गरेका हुन् । वडाको शान्ति चौक, हङकङ रोड, कल्याण चौक जस्ता टोलमा तिलक मत माग्न घर– घर पुगेका थिए।

धरानको माटो हुर्केका धराने ढिटो तिलक राईलाई जितकालागि शुभकामनासहित टोलमा स्वागत गरिएको स्थानिय धनसेर राईले बताए । धनसेर राईले तिलकलाई आशिर्वाद समेत दिएका थिए ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक मेयर पदकालागि उम्मेदवारी दिएका तिलक राईले यस अगाडिको चुनावमा यस्तो स्वागत नपाएको बताए ।

उनले भने धरानका सबै वडामा भव्य स्वागत पाई रहेको छु । धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क रहेको समेत बताए ।

 उनलाई  धरानवासीसंग मत माग्न भ्याइ नभ्याइ छ । धरानलाई बिकाश र निकास दिने असल नेताको धरानमा अभाव खड्किरहदा कांग्रेसका तिलक राई आफु धराने जनतालाई समृद्धि उन्मुख लैजान सारथि बन्न तयार र सक्षम रहेको बताउदै आइरहेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ