arrow

४८ पदका लागि २७३ उम्मेदवार, नौले लिए उम्मेदवारी फिर्ता

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
election-commission.jpg.jpeg

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको शनिबार अन्तिम नामावली प्रकाशन गरिएको छ ।     
     
निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । 

कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ