arrow

प्रधानमन्त्री ओली उपचारका लागि भारत जालान की अमेरिका?

शनिवारको उपचार भने ग्राण्डीमा

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
pm-kp-oli-2019.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि उपनिर्वाचन अगाडी नै विदेश जाने तयारीमा रहेका छन्। मंसिर १४ को उपनिर्वाचन पछि उपचारका लागि विदेश जाने भनिए पनि  मंसिर १० गते उपचारका लागि जाने तयारीमा प्रधानमन्त्री ओली रहेका छन्। 

प्रधानमन्त्री ओली स्वयं लगातार डायलासिस गरिरहनुभन्दा फेरि मिर्गौला प्रत्यारोपण गर्ने पक्षमा भएकाले उनका निकटस्थ र चिकित्सिकहरूको परामर्श अनुसार उपचारका लागि फेरि विदेश लैजाने तयारीमा रहेका हुन्। उद्यपी उपचार राम्रो हुने भएपनि अमेरिकामा मृगौला प्रत्यारोपणका लागि परिवार बाहेकका व्यक्तिबाट मृगौला लिने कुरामा कानुनी जटिलता रहेको बताइन्छ। 

प्रत्यारोपणका लागि कानुनी तथा अन्य दृष्टिबाट भारत नै उपयुक्त हुने मत पनि प्रधानमन्त्रीको स्वास्थ्य उपचारमा खटिएकाहरुको मत छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उपचारका लागि भारतमा आउन भनिसकेको अवस्थामा प्रधानमन्त्री ओली भारतमै जान सक्ने पनि बताइदैछ। कानुनी हिसावले पनि अमेरिका, सिंगापुर, युरोपका देशहरुमा भन्दा भारत सहज मानिन्छ। यसअघी पनि ओलीले भारतमै मृगौला प्रत्यारोपण गरेका थिए। 

यसबीचमा प्रधानमन्त्री ओलीको उपचार पद्धतिबारे उनका निजी चिकित्सक दिव्यासिंह शाहले विभिन्न मुलुकका मिर्गौला रोग विशेषज्ञहरूसँग परामर्श गरिरहेकी छन् । डा। शाहले प्रधानमन्त्री ओलीको उपचार रोग र उपचार पद्धतीसँगै अब अपनाउनु पर्ने उपचार पद्धतीबारे समेत अमेरिकामा मिर्गौला रोग विशेषज्ञहरू छलफल गरेर फर्केकी हुन्। 

शनिवार भने प्रधानमन्त्री शर्मा ओली थप उपचारका लागि ग्रान्डी अस्पताल गएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका थिए । फलोअपका लागि अस्पताल गएका ओलीको मिर्गौलामा राखिएको स्टेन्ट निकालिनेछ। प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरुले अन्य कहि जाँच पनि गरिने बताएका छन्। 

मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् । शनिबार मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने ओलीले मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएका थिए ।

ग्रान्डी अस्पतालमा उपचार गरेर फर्किएपछि उनको फेरि डायलसिस गर्नुपरेको छैन । सुरुमा नियमित डायलसिस गर्नुपर्ने बताइए पनि पछि उनको स्वास्थ्यमा सुधार आएको भन्दै आवश्यक परेका बेला मात्रै डायलसिस गरे हुने राय चिकित्सकहरूले दिएका थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि पनि बेलाबेला बिरामी हुँदै, निको हुँदै गरेका उनले गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

सिंगापुरबाट फर्किएपछि उनलाई चिकित्सिकहरूले नै धपेडी हुने काम नगर्न सुझाव दिएसँगै उनले प्रधानमन्त्री निवास वालुवाटारमै बसेर सरकारी नियुक्ती, नीजि सचिवालय र सरकार पुनर्गठन गर्न लागेका छन्। यसबीचमा केहि नियुक्ती गरिसकेका छन भने सचिवालयमा केहिलाई हटाएर केहि नयाँ अनुहार राखिसकेका छन्। मन्त्रिमण्डल पनि एक दुई दिनमा पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली छन्। 

उपचारमा गएपछि केहि महिना लाग्न सक्ने भएका कारण उनले कार्यवाहक प्रधानमन्त्रीका रुपमा रहने ईश्वर पोखरेललाई आफ्ना प्राथमिकताहरु सम्झाइसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ