arrow

१६ स्थानीय तहका जनप्रतिनिधिद्धारा भारत भ्रमण, सिकाइ भूकम्पपछि स्वनिर्माणको 

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
janapratinidhi-india-visit.jpg

 काठमाडौं । नेपालमा भूकम्प पश्चात्को पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुका लागि युएनडीपीले भारतमा पाँच दिने भ्रमण गराएको छ । 

यस कार्यक्रमको उद्धेश्य भूकम्पपछिको अनुभव रहेके बताइएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्मको परिचयात्मक भ्रमणमा भारतमा भूकम्प गएपछिका स्वनिर्माणका अनुभव आदान प्रदान गर्नु नै मुख्य उद्धेश्य रहेको नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।

युएनडीपीको साझेदारको रुपमा रहेका ओडीआरसी (अनर ड्राइभन रिकन्स्ट्रक्सन कोलाबेरिटिभ अफ इन्डिया)ले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो । 

२ नगरपालिकाका मेयर, उपमेयर तथा ६ गाउँपालिकाका वडाअध्यक्ष, उपाध्यक्षहरु उक्त भ्रमणमा सहभागी भएका छन् । 

भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरुसँग प्रतिनिधिहरुले भेटघाट गर्नुका साथै भुजण्डमा भूकम्प पश्चात् अपनाइएका स्वनिर्माणका अभ्यासहरुको अवलोकन गरेका छन् । 

दिल्लीमा प्रतिनिधिहरुले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनःस्थापना तथा अनुभवहरुबारे विस्तृत जानकारी लिएका छन् । 
 
गोरखा जिल्लाको २६,९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारको स्वनिर्माणको अवधारणालाई मूर्त रुप दिन युएनडीपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पुनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्गप्रशस्त गर्ने विश्वास लिइएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ