ससुराली खलकको सिफारिसमा बनाएका थिए ओलीले कार्यकारी निर्देशक
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
636
Shares
काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई नियुक्त गरिएको छ ।
परराष्ट्र मामिला सम्बन्धी एकमात्र सरकारी थिंक ट्यांकका रहेको अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा यसअघि प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरी बलका पूर्वएआइजीपी राजेश श्रेष्ठलाई नियुक्त गरेका थिए।
परराष्ट्रको सामान्य कखरा पनि थाहा नभएका श्रेष्ठको नियुक्तिलाई नै परराष्ट्रविद्हरुले गलत भनेका थिए । ओलीले ससुराली खलकको सिफारिसमा सशस्त्र प्रहरी बलबाट अवकाश पाएका श्रेष्ठलाई नियुक्त गरेका थिए ।
श्रेष्ठको नियुक्तिप्रति नै प्रश्न उठिरहेको बेला नेताको कोटामा चीनमा अध्ययन सकाएर भर्खरै फर्किएका सापकोटालाई उपकार्यकारी निर्देशक बनाइएको छ । उनी अग्नि सापकोटाका माइला छोरा हुन् ।
अग्नि सापकोटालाई मन्त्री बनाउन नसकेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले उनका छोरालाई परराष्ट्रमा अनुभवीलाई नियुक्त गर्नुपर्ने ठाउँमा नियुक्त गरेर भर्पाइ गरेका छन्।
केही समयअघि त्यहाँ कार्यरत इन्द्रा अधिकारीले राजीनामा दिएपछि प्रतिष्ठानको उपकार्यकारी निर्देशक पद खाली थियो ।