arrow

कालापानी, लिपुलेक र लिम्पियाधुरा दुख्यो मोरङका विद्यार्थीलाई

पुर्खाले लडे नालापानी हामी लड्छौं कालापानी लगायतका लाग्यो नारा 

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
kalapani-morang.jpg

मोरङ। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको विषयमा देशभर विरोध भइरहेको छ। मोरङका विद्यार्थीलाई पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा दुखेपछि मंगलवार विराटनगरमा प्रदर्शन गरेका छन्। 

नेबिसंघ पुर्वान्चल विश्वबिद्यालय मेनेजमेन्ट क्याम्पस ईकाईको आयोजनामा विद्यार्थीहरुले बिराटनगर परिक्रमा गरेर मोरङ जिल्ला प्रसासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। नेबिसङ पूर्व सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वमा विद्यार्थीहरुले ‘जमिन मिच्न पाँइदैन, दुष्ट छिमेकी चाहिंदैन’, भारतीय विस्तारवाद मुर्दावाद’, ‘पुर्खाले लडे नालापानी हामी लड्छौं कालापानी’ लगायतका नारा लगाएका थिए।

ज्ञापनपत्रमा संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

Image may contain: 14 people, including Mukesh Ghimire, people standing

उनीहरुले रेल र पानीजहाज भन्दा नेपाली भुमी फिर्ता गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने विद्यार्थीहरुको माग गरेका थिए। उनीहरुले भारतीय समकक्षीसँग प्रधानमन्त्रीले वार्ता गरि चाँडै हाम्रो भुमी फिर्ता गर्नुपर्ने माग गरेका थिए। 

नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी ‌‌ओलीले दह्रो खुट्टा टेक्नुपर्ने र त्यसमा जनताले साथ दिने प्रतिबद्धता जनाए। कार्कीले भने, प्रधानमन्त्रीको राष्ट्रवादको परिक्षण पनि यो मुद्धामा हुनेछ। राम्रो साथ दिएमा उहाँलाई सबैको साथ र समर्थन रहन्छ ।'

त्यसैगरि महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले पनि नेपाली भुमी मिचिएकोमा बिरोध प्रदर्शन गरेका छन्। बिरोधको क्रममा जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यार्थीहरुले बिरोध सभा गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ